बेनीघाट रोराङको अन्तर मावि स्तरीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

Avatar photo
Dhadingpost
पुस २७, २०८२

धादिङ ।
बेनीघाट रोराङ गाउँपालिकाको आयोजनामा सञ्चालन हुने तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता–२०८२ को टाई–सिट सार्वजनिक गरिएको छ। टाई–सिट अनुसार प्रतियोगितामा जिल्लाका ६ वटा माध्यमिक विद्यालय सहभागी हुने भएका छन्।

माघ ४ र ५ गते दुईदिन चल्ने यस प्रतियोगितामा

पहिलो चरणका खेलहरू

टाई–सिट अनुसार:

  • श्री वासुदेवी माविश्री चन्द्रदेव मावि, बेनीघाट बीच प्रतिस्पर्धा हुनेछ।
  • श्री शरदेवी मावि ले उक्त खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

यस्तै अर्को समूहमा,

  • श्री ब्राइटफ्युचर माविश्री राइजिङ स्टार मावि बीच खेल हुनेछ।
  • सो खेलको विजेताले श्री चन्द्रदेव मावि, विशालटार सँग प्रतिस्पर्धा गर्नेछ।

फाइनल खेल

उक्त दुई समूहबाट विजयी हुने टोलीहरूबीच माघ ५ गते बिहान ८ बजे बजे फाइनल खेल हुने आयोजकले जनाएको छ।

बेनीघाट रोराङ गाउँपालिकाले वार्षिक शैक्षिक क्यालेन्डर २०८२ अनुसार  पुष ३० गतेदेखि माघ ५ गतेसम्म बृहत खेलकुद प्रतियोगिता आयोजना गर्ने कार्यक्रम अनुसार क्रिकेट प्रतियोगिता पनि गर्न लागेको हो ।

प्रतियोगिताअन्तर्गत सातौँ राष्ट्रपति रनिङ शिल्डमजदुर शहीद स्मृति कपमदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता तथा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सञ्चालन गरिनेछ।

गत वर्ष क–कस्ले जितेका थिए