
काठमाडौं । आइतबार बिहान ११ः३० बजे सुशीला कार्कीले प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्ने भएकी छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि जिम्मेवारी दिइएकी कार्कीलाई सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनमै कार्यव्यस्तता सुरु गरिने कार्यक्रम छ।
अधिवक्ता ओमप्रकाश अर्यालले जानकारी दिएअनुसार कार्यभार ग्रहण समारोह प्रधानमन्त्री कार्यालयमै हुनेछ । जेन–जी आन्दोलनका क्रममा पुरानो कार्यालय जलेपछि सरकारले अस्थायी रूपमा गृह मन्त्रालयका लागि बनेको नयाँ संरचनामै प्रधानमन्त्री कार्यालय स्थापना गरेको हो।
कार्कीलाई ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित चुनावी सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ । नयाँ नेतृत्वले मुलुकलाई स्थिरतर्फ डो-याउने अपेक्षा गरिएको छ।
