एडभान्समा टेबल टेनिश, स्पेलिङ म्याराथन कथा वाचन सम्पन्न

Avatar photo
Dhadingpost
साउन २३, २०८२

धादिङ — एडभान्स एकेडेमीले बुक फ्री फ्राइडेको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप (ECA) तथा सह–पाठयक्रम क्रियाकलाप (CCA) कार्यक्रमहरू आयोजना गरेको छ ।

कक्षा ६ देखि ९ का छात्रबीच टेबल टेनिस प्रतियोगिता सम्पन्न भयो, जसमा कक्षा ९ का बिशाल घले प्रथम, कक्षा ८ का कुशल गुरुङ द्वितीय र प्रज्वल दुुवाडी तृतीय भए ।

त्यस्तै, कक्षा ६ देखि १० की छात्राबीच स्पेलिङ म्याराथन प्रतियोगिता आयोजना गरियो। यसमा कक्षा ७ की प्रशंसा थापा मगर, कक्षा ९ की खुसी रानामगर, कक्षा ८ की अल्का गुरुङ र कक्षा ६ की सुनिता शाक्य विजयी भए ।

पूर्व–प्राथमिक तहका विद्यार्थीहरूबीच सुलेख (ह्यान्डराइटिङ) प्रतियोगिता र प्राथमिक तहमा कथावाचन प्रतियोगिता सम्पन्न भयो । रिदिमा नेपाल पहिलो, स्नेहा शाही दोस्रो र शिशिर भट्ट तेस्रो स्थान हासिल गर्न सफल हुनु भएको छ कथावाचन प्रतियोगितामा ।

विभिन्न प्रतियोगिताका विजेताहरुलाई अध्यक्ष अर्जुन कुमार श्रेष्ठ गोर्खाली र प्रिन्सिपल भीमबहादुर श्रेष्ठले प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए । विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रत्येक शुक्रबार विविध ECA र CCA कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

विशेष पर्व रक्षाबन्धनको पूर्व अवसरमा विद्यार्थीहरूले राखी बनाएर हिन्दू संस्कृतिको महत्व र जानकारी आदान–प्रदान गर्ने कार्यक्रम पनि सम्पन्न गरेका छन् ।