
धादिङ । दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार SAFF U-17 Championship 2025 प्रतियोगिता २०८२ भदौ ३० गते देखि आश्विन ११ गते (सन् २०२५ सेप्टेम्बर १५ देखि २७ तारिख) सम्म श्रीलंकामा सञ्चालन हुँदैछ ।
उक्त प्रतियोगिताका लागि राष्ट्रिय टिम बनाउन एन्फाले खेलाडी छनोट कार्य अगाडी बढाए सँगै जिल्ला छनोटका कार्य सम्पन्न भईसकेका छन् ।
जिल्ला छनोट भएका खेलाडीहरु बीच साउन १५ चित्र प्रदेश छनोट गरि सक्न एन्फाले सर्कुलर जारी गरे सँग अखिल नेपाल फुटबल संघबाट मान्यता प्राप्त बागमती प्रदेश फुटबल संघले बागमती प्रदेशको खेलाडी छनोट कार्यक्रम साउन १५ र १६ गते दुई दिन धुलिखेल खेलमैदान, काभ्रेमा गर्ने भएको छ ।
धादिङ जिल्ला फुटबल संघले साउन ३ नै धादिङका खेलाडी छनोट गरि सकेको छ । धादिङबाट ४५ जना खेलाडीहरु छनोटमा परेको जनाईएपनि को को छनोटमा परेका हुन् अझै सार्वजनिक गरेको छैन ।
प्रदेश छनोटमा जाने खेलाडीहरुको नाम अझै सार्वजनिक नभएको विषयमा धादिङका महासचिव रामहरि थापा बताउँछन्, छनोटमा परेका केहि खेलाडीहरुको जन्म दर्ता आउन बाँकी छ, आएपछि सार्वजनिक गराउँछौं ।
