राेटरी चाैताराे समुदायलाई हस्तान्तरण

Avatar photo
Dhadingpost
असार १५, २०८२

धादिङ। जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएकाे रोटरी क्लब अफ धादिङले ‘रोटरी चौतारो’ निर्माण गरि समुदायलाई हस्तान्तरण गरेकाे छ ।

नीलकण्ठ नगरपालिका–१२ स्थित स्थानीय बस्तीको लागि पुनर्निर्माण गरिएको उक्त रोटरी चौतारो नगरपालिकाका मेयर भीम प्रसाद ढुंगानाले एक कार्यक्रमका बीच औपचारिक रुपमा समुदायलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर ढुंगानाले रोटरी क्लबले समुदायमा गरिरहेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा पनि स्थानीय सरकार सधैं रोटरी क्लबसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

रोटरी क्लब धादिङको ‘सपना परियोजना’ का रुपमा रहेको उक्त चौतारो स्थानीय सरकार तथा रोटरी क्लबका सदस्यहरूको संयुक्त प्रयासमा पुनर्निर्माण गरिएको अध्यक्ष सुदीप रसाइलीले बताए । रोटरी चौतारोले सामुदायिक भेटघाट, विश्राम तथा सामाजिक मेलमिलापमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष रसाइली बताउँछन् ।