एसईई २०८१ मा धादिङबाट ८ जनाको चार जीपीए

Avatar photo
Dhadingpost
असार १४, २०८२

धादिङ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजामा धादिङ जिल्लाबाट ८ जनाले चार जीपीए ल्याउन सफल भएका छन् ।

एसईई २०८१मा धादिङ जिल्लाबाट चार जीपीएल्याउने विद्यार्थीहरुमा धादिङबेसी पुछारबजारमा रहेको न्यू किबो बोर्डिङबाट २ जना रहेका छन् । गत वर्ष पनि न्यू किबोबाट एक जनाले चार जीपीए ल्याएका थिए ।

यस्तै एसईई २०८१ मा जनकल्याण माविबाट २ जना, नीलकण्ठ बालमन्दिरमाविबाट १ जना, चिल्ड्रपार्क बोर्डिङबाट १ जना, गजुरी पिडा माविबाट १ जना गजुरी गाउँपालिकाबाट चार जीपीए ल्याउनी उनी एकल हुन् । सुनौलो भैरवि माविबाट १ जना गरि ८ जनाले चार जीपीए ल्याएका हुन् ।

धादिङबाट चार जीपीए ल्याउने विद्यार्थीहरु

  • न्यू किबो बोर्डिङबाट आयुष शर्मा
  • न्यू किबो बोर्डिङबाट समिर भण्डारी
  • चिल्ड्रेनपार्कबाट प्रिसिला तामाङ
  • जनकल्याण माविबाट समृद्धि ढकाल
  • जनकल्याण माविबाट सौरभी वाग्ले
  • गजुरी पिडा माविबाट ईश्वर भण्डारी
  • नीलकण्ठ बालमन्दिरबाट सन्ध्या तिमल्सिना
  • सुनौलो भैरवीबाट प्रशंषा श्रेष्ठ

शिक्षा विकास तथा समन्वय इकाई धादिङका अनुसार यस वर्ष एसईई परीक्षामा धादिङका सामुदायिक १ सय ३४, संस्थागत १८ र प्राईभेट २ वटा बिद्यालयबाट नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना गरी ५ हजार ४७५ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए ।