धादिङबाट एसईईमा ५ हजार ४ सय ७५ जना विद्यार्थी सहभागी हुँदै

Avatar photo
Dhadingpost
मङ्लबार, चैत्र ४, २०८१

धादिङ । यहि चैत ७ गतेबाट देशभर एकसाथ माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिक्षा हुदैं छ । उक्त परिक्षामा धादिङबाट ५ हजार ४७५ जना विद्यार्थी सहभागी हुँदैछन् ।

शिक्षा विकास तथा समन्वय इकाई धादिङका अनुसार यस वर्ष एसईई परीक्षामा धादिङका सामुदायिक १ सय ३४, संस्थागत १८ र प्राईभेट २ वटा बिद्यालयबाट नियमिततर्फ ४ हजार ३ सय ४७, प्राविधिकतर्फ १ सय ६४, ग्रेड वृद्धितर्फका ९ सय ३२ र खुल्ला तर्फ ३२ जना एसईईमा सहभागी हुने छन् ।

परीक्षामा २४ जना केन्द्राध्यक्ष, ४३ जना सहायक केन्द्राध्यक्ष, २ सय ७५ जना निरीक्षक, ५६ जना परीक्षा सहायक र ३ सय ६० जना सुरक्षाकर्मी र ११० जना सहयोगी कर्मचारी समेत गरी जिल्लाभर ८ सय ७५ जना मानविय जनशक्ती प्रत्यक्ष परिचालन गरिने जनाईएको छ ।

गतवर्षको एसईई २०८० मा धादिङबाट ४ हजार ८९० जना विद्यार्थीहरुले परिक्षा दिएका थिए । जसमा २ हजार ३५६ जना उतिर्ण हुँदा भने २ हजार ५३४ जना अनुतिर्ण भएका थिए । फाईल तस्वीर