
धादिङ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औँ राष्ट्रिय महाधिवेशनबाट धादिङका ६ जना केन्द्रिय कमिटीमा निर्वाचित भएका छन् ।
धादिङबाट केन्द्रिय कमिटीमा निर्वाचित हुनेमा निर्वाचन आयोग संयोजकमा ४३६ मत ल्याई जित प्रसाद सिटौला, केन्द्रिय सचिवालय सदस्यमा नबिन्द्र चालिसे ६१४ मत, लेखा आयोग सचिवमा गगन सिंह बस्नेतले ७८० मत, बागमती प्रदेशबाट केन्द्रिय सदस्यमा धादिङका श्याम लामाले ९० मत, केन्द्रीय लेखा आयोग सदस्य रेशम श्रेष्ठले १००७ मत र नीति,योजना तथा अनुसन्धान आयोग सदस्यमा नवीना थापाले ९११ मत ल्याई निर्वाचित भएका हुन् ।
महाधिवेशनबाट डा. सुजन कडरिया ७ मतान्तरले अध्यक्षमा निर्वाचित भएका छन् । उनले ७३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रकाश पौडेलले ७२४ मत प्राप्त गरेका थिए । खुला उपाध्यक्षतर्फ विकास श्रेष्ठ ७०८ मतसहित र महिलातर्फ अञ्जना सिवाकोटी ७७५ मतसहित निर्वाचित भएका छन् ।
महासचिव पदमा दीपक धामी ७८५ मत प्राप्त गरी विजयी भएका छन् भने उपमहासचिवमा कमल ८१६ मत प्राप्त गरी निर्वाचित भएका छन् । त्यसैगरी, चार जना सचिव पदमा आकाश घर्ती मगर (३६० मत), रचना सापकोटा (३०४ मत), समिम बाबु खान (२७३ मत) र गोपाल नेपाल (२६८ मत) विजयी भएका छन् ।
