
धादिङ । बुक फ्रि फ्राइडेको अवसरमा एडभान्स एकेडेमीले “Voice of Advance” गायन प्रतियोगिताको छनोट चरण सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
तीमध्ये हरेक समुहबाट पाँच–पाँच जना उत्कृष्ट विद्यार्थीहरूलाई अन्तिम चरणको लागि चयन गरिएको छ । अन्तिम चरण २०८२ साल असार ६ गते आयोजना गरिनेछ ।
विद्यार्थीहरूको लुकेका प्रतिभालाई उजागर गर्न तथा गायक बन्न इच्छुक विद्यार्थीहरूलाई अवसर प्रदान गर्न एडभान्स एकेडेमीले प्रत्येक वर्ष Voice of Advance प्रतियोगिता आयोजना गर्दै आएको छ । कार्यक्रमको आयोजना एडभान्स एकेडेमीको ECA टिमले गरेको हो।
कार्यक्रममा प्रधानाध्यापक भीम बहादुर श्रेष्ठले छनोट भएका सबै विद्यार्थीहरूलाई बधाई तथा आगामी चरणको लागि सफलताको शुभकामना व्यक्त गरेका थिए ।
छनोट भएका उत्कृष्ट ५ विद्यार्थीहरूको सूची
कक्षा १–२ बाट
• समिर गुरुङ
• अनिश रोकाया
• कुसल अर्याल
• स्नेहा श्रेष्ठ
• आग्या श्री श्रेष्ठ
कक्षा ३–४ बाट
• काव्या राम्तेल
• स्मारिका श्रेष्ठ
• ईभा अधिकारी
• दीपा श्रेष्ठ
• सृष्टि सुनार
कक्षा ५–६ बाट
• मनसुन तामाङ
• गन्तव्य श्रेष्ठ
• सदिक्ष्या शाक्य
• समिर मगर
• सुनिता श्रेष्ठ
कक्षा ७–८ बाट
• आयुष लाजुन
• आयुष सापकोटा
• सपना सुनार
• सुशान्त काप्री
• शिवम् गुरुङ
कक्षा ९–१० बाट
• बादल परियार
• सुशोतमता महतो
• सर्गम खाती
• रोशन श्रेष्ठ
• चन्द्रमा घले



