केन्द्रीय राष्ट्रपति रनिङ शिल्डमा रुवीभ्यालीका विवश तामाङले जिते स्वर्ण

Avatar photo
Dhadingpost
जेष्ठ ३०, २०८२

धादिङ । काठमाडौंमा जारी १५ औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा धादिङ रुवीभ्याली गाउँपालिका सेतुङका विवश तामाङले तेक्वान्दो एकल पुरुष पुम्सेमा स्वर्ण पदक जित्न सफल भएका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतापसि.ह तामाङका अनुसार तारकेश्वर ५ गोलढुङ्गा काठमाडौ अध्ययरत विवश तामाङ १० वर्ष उमेरका हुन् । यस प्रतियोगितामा थाक्रे निवासी सृजना श्रेष्ठ (पिङ्की) ले ज्याभलिङ थ्रो मा कास्य पदक जित्न सफल भएकी छिन् भने । धादिङका खेलाडी सहभागी बागती प्रदेशको महिला भलिबल र महिला कबड्डी पनि सेमिफाईनल पुगेको छ ।

धादिङको खेलाही बागमती प्रदेश टिममा कबड्डि छात्रा तर्फस् धना राहाडी मगर, कोपिला तामाङ, जस्मिना तामाङ भलिबल छात्रामा कृषना बराम रहेका छन् ।

सात प्रदेशबाट छ सय ८६ खेलाडीले कुल ६६ स्वर्ण, ६६ रजत र ९८ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी छ खेल समावेश छन् । प्रतियोगिता भोलि शुक्रवारसम्म चल्नेछ ।