
धादिङ । माओवादी केन्द्र जिल्ला समन्वय समिति धादिङको आयोजनामा आज माओवादी केन्द्रबाट जितेका जनप्रतिनीधिहरुको कार्यशाला सम्पन्न भएको छ ।
जिल्ला इञ्चार्ज पुष्पविक्रम मल्लको अध्यक्षतामा भएको उक्त कार्यशालामा प्रदेश इञ्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल लगायतका नेताहरु आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि शक्यले अब आगामी वर्षका लागि बजेट बनाउँदै हुनुहुन्छ जनमूखि वजेट पार्टीको सर्त हो, जनताका आधारभूत समस्यालाई ख्याल गरेर समाजवाद उन्मुख स्थानीय तह निर्माणको पहिलो आधारका कार्यक्रम ल्याउन निर्देशन गरेका छन् ।
हामीले जितेका स्थानीय तहमा धेरै राम्रो कामहरु गरेका छौं । तर आफैले गरेका कामको जस समेत अरुहरुले लिनेगरेको बताउँदै जनतालाई आफूले गरेको कामको बारेमा जानकारी दिनेगर्नु पर्ने बताएका थिए ।
तपाई पार्टीको नेता कार्यकर्ता हो, अनि तपाईहरुलाई पार्टीले उठाएर/पठाएर जिताएको हो, योजना बनाउँदा पार्टी सँग कत्तिको छलफल गर्ने गर्नुभएको छ ? कम्तिमा पनि तपाईले गर्ने हरेक काम पार्टीले थाहा पाउनु पर्ने र पार्टीको मर्म अनुरुप जनप्रतिनीधिहरु चल्नु पर्ने इञ्चार्ज शाक्यको जोड थियो ।
०७९ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र धादिङबाट पालिका प्रमुख ३ सहित उप्रमुखमा ४, वडा अध्यक्षमा ३२ र सदस्य सहित १ सय ५४ जना जनप्रतिनिधीहरु निर्वाचित भएका थिए ।
