रोटरी क्लव धादिङद्वारा पूर्व अध्यक्ष श्रेष्ठको जन्म दिनमा आमाको छात्रावासमा सहयोग

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०८२

धादिङ । रोटरी क्लब अफ धादिङका पूर्व अध्यक्ष तथा समाजसेवी रोटेरियन नबिन कुमार श्रेष्ठको जन्मदिनको अवसरमा आमाको माया छात्रवासमा खाद्यान्न सामग्री वितरण गरिएको छ।

नीलकण्ठ–४ मा अवस्थित छात्रवासमा रोटरी क्लबका सदस्यहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत खाद्यान्न सामग्री वितरण गर्दै जन्मदिनलाई सेवा कार्यमार्फत् मनाएका हुन् । यस अवसरमा दाल, चामल, तेल लगायतका आवश्यक सामग्रीहरू प्रदान गरिएको थियो ।

पूर्व अध्यक्ष भीम बहादुर श्रेष्ठले अनुसार समाजप्रति केही दिने भावना र सेवामूलक कार्यको निरन्तरताका लागि यस्ता गतिविधिहरू प्रेरणादायी हुने बताएका थिए ।

रोटरी क्लब अफ धादिङले निरन्तर रूपमा विभिन्न सामाजिक सेवामा अग्रसर रहँदै आएको छ र समाज उत्थानमा सक्रिय भूमिका खेल्दै आएको छ ।