
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका ३ ले सूचना जारी गर्दै प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार नगर्न र ४० माइक्रोन भन्दा पातला झोलाको बिक्री नगर्न आग्रह गरेको छ ।
धादिङबेसीको मुल बजार समेटिएको नीलकण्ठ ३ ले सूचनामा प्लाष्टिकको फूल गुच्छा, माला बिक्री, वितरण, भण्डारण, ओसारपसार र प्रयोग पूर्ण रूपमा निरूत्साहित गर्नका निमित्त प्रतिबन्ध गरिएको उल्लेख गरेको छ ।
प्लाष्टिकको झोलाको विकल्पमा कागज वा कपडाको झोला प्रयोग गर्नुपर्ने जनाउँदै सूचना अवज्ञा गरिए प्रचलित कानून बमोजिम कारवाही हुने कार्यवहाक वडा अध्यक्ष रोशन कुमार श्रेष्ठले सूचनामा उल्लेख गरेका छन् ।


