रोटरी क्लव अफ धादिङद्धारा खाद्य सामाग्री सहयोग

Avatar photo
Dhadingpost
जेष्ठ २९, २०८१

धादिङ । रोटरी क्लव अफ धादिङले आमाको माया छात्रवासमा खाद्य सामाग्री सहयोग गरेको छ ।

क्लवले नीलकण्ठ नगरपालिका ४ मा रहेको आमाको माया छात्रवासमा बस्ने बालबालिकाहरुको लागि आवश्यक पर्ने खाद्य सामाग्री वितरण गरेको हो ।

रोटरी क्लव अफ धादिङको प्रेसिडेण्ट रोटरीयन नविन कुमार श्रेष्ठको जन्मदिनको अवसरमा गरिएको रोटरी क्लव अफ धादिङको पब्लिक चेयर भिमबहादुर श्रेष्ठले बताए ।

विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लव अफ धादिङले क्लवमा आवद्ध सदस्यहरुबाट रकम संकलन गरी विभिन्न कार्यमा सहयोग गरिएको रोटरी क्लव अफ धादिङका अध्यक्ष रोटरीयन नविन कुमार श्रेष्ठले धादिङ पोष्टलाई बताए।