रास्वपा गजुरीको मिलन डल्लाकोटी र थाक्रेको मुकुन्द थापा सभापतिमा चयन

Avatar photo
Dhadingpost
असार २४, २०८०

धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी धादिङले शनिबार धादिङको गजुरी र थाक्रेको भेला सम्पन्न गरेको छ ।

गजुरी बजारमा भएको भेलाले गजुरीको सभापतिमा मिलन डल्लाकोटीलाई र थाक्रेको महादेवबेसीमा भएको भेलाले थाक्रेको सभापतिमा मुकुन्द थापालाई चयन गरेको छ ।

गजुरीको भेलाले उप-सभापतिमा राम बहादुर तामाङ, सचिवमा रामहरी न्यौपाने, कोषाध्यक्षमा रश्मीबाबा नरसिंह जी, सदस्यहरुमा दीपक उप्रेती, तारा लामा, राजेश कुमार गजुरेल, लिला बहादुर लामा, बिनोद अधिकारी, अन्जली अधिकारी र सगुन कार्की भण्डारी चयन गरेको छ ।

यस्तै थाक्रेको भेलाले उपसभापतिमा सविन सुवेदी, सचिवमा सरिता ढुङगाना, कोषाध्यक्षमा नारायण जीसी, सदस्यहरुमा सावित्री पौडेल, सन्तोषी कोइराला, मायादेवी पन्त, शिव रिजाल, शिव बहादुर थापा, अनुज रिमाल, सोम बहादुर थोकर र रञ्जन लामालाई चयन गरेको छ ।

केन्द्रिय उप सभापति डोल प्रसाद अर्याल को प्रमुख आतिथ्यतामा भएको यी दुबै गाउँपालिकाका भेलामा स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाई, साँसद डा तोसिमा कार्की, बसुमाया तामाङ, जिल्ला सभापति सुर्यमणि पाठक लगायतको आतिथ्यता रहेको थियो ।