
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले आगामी माघ ३ गते बाट माध्यमिक बिद्यालयहरूका लागि स्थानीय तह स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड तथा चौथो सहिद स्मृति बृहत् खेलकूद प्रतियोगिता २०७९ संचालन गर्ने भएको छ ।
गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बोधराज पाठकका अनुसार माघ ३ गते मार्चपास सहित दुबै प्रतियोगिताको उद्घाटन गरिने छ । बेनीघाट रोराङका दुई वटा निजि सहित १२ वटा माध्यामिक विद्यालयले भाग लिने यस प्रतियोगिताका लागि यति वेला विद्यालयहरु आन्तरिक तयारीमा रहेका छन् ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट जिल्लाको लागि खेलाडी छनोट गरिने छ । एक साल अघिको जिल्ला विजेता बेनीघाट रोराङको साथबाट गत साल धुनीबेसीले रनिङ शिल्ड खोसेको बदलामा यो पटक पुन: रनिङ शिल्ड आफ्नो पक्षमा पर्ने दाउमा छ बेनीघाट रोराङ ।
यस अघिका समचार
- ११ औं राष्ट्रपति रनिङ शिल्डमा बेनीघाट रोराङ धुनीबेसी सँग पराजित
- धादिङको दशाैं राष्ट्रपति रनिङ शिल्ड २३ स्वर्ण पदक सहित बेनीघाट राेराङले जित्याे
- मदन भण्डारी फुटबलको उपाधी चन्द्रोदय विशालटारलाई
- बेनीघाट रोराङ गाउँपालिमा विभिन्न खेलकुद प्रतियोगिता सुरु
- बेनीघाट रोराङको राष्ट्रपति रनिङ शिल्ड आज देखि सुरु हुने
- बेनीघाट रोराङले चैत्र ३० गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने
- मदन भण्डारी कपको उपाधी बागेश्वरी माविले जित्यो
- बेनिघाट रोराङमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु
- बेनिघाट रोराङमा भएको टी-२० क्रिकेटको उपाधी ब्राईट फ्यूचरलाई
- बेनिघाट रोराङको खेल उत्सव जारीः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो
- बेनिघाट रोराङमा बृहत खेलकुद उत्सव सुरु
