
धादिङ बैशाख १ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संचालन गरेको अन्तर विद्यालय स्तरीय मदन भण्डारी फुटबल प्रतियोगिताको उपाधी चन्द्रोदय मावि विशालटारले जितेको छ ।
राष्ट्रिय मावि खोरभञ्याङ विरुद्ध २ गोल गर्दै चन्द्रोदय मावि विशालटार उपाधि हात पारेको हो । यो सँगै यस प्रतियोगितामा राष्ट्रिय मावि खोरभञ्याङ द्धितिय, यस्तै शंखादेवि माविले बागेश्वरी मावि रिचोकटारको ४ गोलका विरुद्ध ५ गोल गर्दै तृतिय स्थान प्राप्त गर्न सफल भएको थियो ।
बेनीघाट रोराङ गाउँपालिकाको आयोजना तथा चन्द्रोदय मावि विशालटारको व्यवस्थापनमा चैत्र ३० र ३१ दुई दिन चलेको उक्त प्रतियोगितामा ९ वटा विद्यालयका ११ टिम सहभागि थिए ।
आजबाट ४ गते सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र मजदुर सहिद स्मृति खेलकुद प्रतियोगिता हुने चन्द्रोदय मावि विशालटारका खेल शिक्षक देवराज घलानले जानकारी दिनु भयो ।