बेनीघाट रोराङले चैत्र ३० गते देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने

Avatar photo
दिपेश कडेल
सोमवार, चैत्र २३, २०७७

धादिङ चैत्र २३ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले चैत्र ३० गते देखि बैशाख ४ गते सम्म विभिन्न खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

सोमबार सम्पन्न बेनीघाट रोराङ गाउँ शिक्षा समितिको निर्णय अनुसार चैत्र ३० गते देखि बैशाख ४ गते सम्म विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, मजदुर सहिद स्मृति खेलकुद प्रतियोगिता तथा मदन भण्डारी फुटबल प्रतियोगिता संचालन हुने भएको हो ।

गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले धादिङपोष्टलाई जानकारी दिनु भयो ।
शिक्षा अधिकारी पाठकका अनुसार सबै प्रतियोगिता चन्द्रोदय मावि विशालटारमा हुने छ ।