मदन भण्डारी कपको उपाधी बागेश्वरी माविले जित्यो

Avatar photo
Dhadingpost
मङ्लबार, माघ ७, २०७६

धादिङ माघ ७ । बेनिघाट रोराङ गाउँपालिको माध्यामिक विद्यालय स्तरीय बृहत खेलकुद प्रतियोगिता अन्तरगत भएको मदन भण्डारी कप मलेखु स्थित रिचोकटारमा रहेको बागेश्वरी माध्यामिक विद्यालयले जितेको छ ।

गाउँपालिकाको बृहत खेलकुद प्रतियोगिता अन्तरगत भएको अन्तिम चरणको मदन भण्डारी फुटबल प्रतियोगिताको उपाधी पिपल भञ्ज्याङ माविलाई हराउँदै बागेश्वरी माविले उपाधी जितेको हो । मंगलबार भएको वागेश्वरी माविका अन्तिम लम्सालले गरेको १ गोल नै पिपल भञ्ज्याङ माविलाईलाई घातक बनेको थियो

यस प्रतियोगितामा चन्द्रोदय माविले राइजिङ स्टारलाई ५ गोलले पराजित गर्दै सन्तोना स्थान सुरक्षित गरेको छ । यस अघिका खेलहरुमा होम ग्राउण्ड फाइदा सन्तोष जनक रुपमा उठकउन नसकेको सान्तोना स्थानको लागि भने राइजिङ स्टार विरुद्ध राम्रो प्रदर्शन गर्न सफल भएको छ ।

चन्द्रोदय माविका लागि प्रज्ञान विसुराल र समिर गुरुङले २–२ गोल गरेका थिए भने संजय माझीले १ गोल गरेका थिए । यो सँगै चन्द्रोदयका प्रज्ञान विसुरालले ३ गोल गर्दै प्रतियोगिता भरिकै सर्वाहिक गोल कर्ता बनेका छन् ।

बेनिघाट रोराङमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु

बेनिघाट रोराङमा भएको टी-२० क्रिकेटको उपाधी ब्राईट फ्यूचरलाई

बेनिघाट रोराङको खेल उत्सव जारीः राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकियो

बेनिघाट रोराङमा बृहत खेलकुद उत्सव सुरु

पुस २९ गते देखि चन्द्रोदय माविको खेलकुद मैदानमा आयोजना भएको यस प्रतियोगिता मदन भण्डारी कप फुटबल प्रतियोगिता सकिए सँगै सम्पूर्ण खेल सकिएको छ ।

बृहत खेलकुद प्रतियोगिताका सम्पूर्ण खेलहरुमा विजयी खेलाडीहरुलाई बुधबार विशेष समारोहका बीच पुरस्कार वितरण गरिने गाउँपालिकाका शिक्षा अधिकारी बोधराज पाठकले धादिङपोष्टलाई बताए ।