प्रधानमन्त्री प्रचण्डको शपथग्रहण आज बेलुका ४ बजे

Avatar photo
Dhadingpost
पुस ११, २०७९

काठमाडौं । नयाँ सत्ता समिकरण सँगै नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबार हुने भएको छ ।

साँझ ४ बजेका लागि समय तय भएको हो । उहाँलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा। अधिकारीले जानकारी दिए ।