कांग्रेस सँग कुरा नमिले पछि ओली भेट्न बालकोट पुगे प्रचण्ड

Avatar photo
Dhadingpost
पुस १०, २०७९

काठमाडौं । कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान कसेपछि प्रचण्ड ओली भेट्न बालकोट पुगेका छन् ।

माओवादीले आलोपालोपालोमा पहिलो चरणको प्रधानमन्त्री दाबी गर्दै आएको थियो । कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसकिने बताएपछि प्रचण्ड ओली भेट्न बालकोट पुगे सँगै नेपाली राजनतिमा फेरि तरंग पैदा भएको छ ।

माओवादी केन्द्रका नेता दिपशिखाले पनि आफ्नो फेसबुकमा गठबन्धन भक्तिन लागेको संकेत गर्दै सत्ताको मात अन्धो हुँदो रहेछ, हिजो जसरी बाम भत्किए आज कांग्रेस भत्किने देखियो । राजनीति नयाँ कोर्षमा गयो । फेरी प्रतिपक्ष बन्न कसले रोक्छ र भनेर पोष्ट गरेका छन् ।