लाइसेन्सको ट्रायलमा ७० अंक ल्याए पास

Avatar photo
Dhadingpost
मंसिर १६, २०७९

काठमाडौं । सवारीचालक अनुमतिपत्र परीक्षा कार्यविधि निर्देशिका अनसार लाईसेन्स लिन अब सय पूर्णांकमा न्यूनतम ७० अंक ल्याउनुपर्ने भएको छ । ट्रायलका क्रममा गल्ती गर्दा नम्बर घट्दै जान्छ । त्यसरी घट्दा ७० भन्दा कम भएमा अनुत्तीर्ण हुन्छन् ।

मोटरसाइकल तथा स्कुटरको ट्रायलमा ट्राफिक लाइटको नियम पालना नगरेमा १५, टर्निङ इन्डिकेटरको लाइट नबालेमा १०, घुमाउरो ‘८’ मा एकपटकसम्म रेखा छोएमा ५, एकपटकसम्म खुट्टा टेकेमा ५, सवारी चलाउनुअघि सवारीको ब्रेक, ऐना, टायरको सामान्य परीक्षण नगरेमा ३, हेल्मेट लक नलगाएमा ४ र असंयमित तरिकाले चलाउँदा ३ अंकभार काटिन्छ ।

‘अहिले गाडीको ट्रायलमा १५ देखि २० प्रतिशत र मोटरसाइकलमा ३० देखि ४० प्रतिशत उत्तीर्ण हुने गरेका छन्,’ एकान्तकुना कार्यालयका प्रमुख राजकुमार कपालीले भने, ‘अब ७० प्रतिशतको प्रावधान लागू भएपछि दोब्बर उत्तीर्ण हुने हाम्रो अपेक्षा छ ।’