
काठमाडौं । मंसिर ४ को निर्वाचनमा प्रतिनीधि सभामा प्रत्यक्ष तर्फ १० सिट जित्दै थ्रेस होल्ड कटाउने दौडमा रहेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले समाभुख पदको दावी गर्ने भएको छ ।
एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले राजधानीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा खुलासा गर्र्दै भने, सभामुखको बटमलाइन हाम्रो बटम लाईने हुनेछ ।
‘गठबन्धनभित्र हामी तेस्रो ठूलो दल हौं। पहिलो र दोस्रोले रोजेपछि हामीले रोज्ने हो। हामीले सभामुख पदलाई बटमलाइन बनााएका छौं,’ उनले भने।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने दाबी गरे। ‘सांसद भइसकेपछि प्रधानमन्त्रीको आकांक्षा गर्नु सामान्य कुरा हो। तर प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार गठन हुन्छ,’ उनले भने।
उनले एकीकृत समाजवादीले अपेक्षाकृत सिट जिते पनि समानुपातिकमा न्युन मत पाएको स्वीकारे। ‘प्रत्यक्षतर्फ १९ मध्ये १५ सिट जित्ने हाम्रो आँकलन थियो। १० जित्यौं। यसमा सन्तुष्ट छौं,’ उनले थपे, ‘तर समानुपातिकमा हामीले दस लाख कट्छ भनेका थियौं। त्यसको ३३ प्रतिशतमात्र मत पायौं। यो अपेक्षाभन्दा निकै कम हो।’
