
काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्हले काठमाडौं क्षेत्र नम्बर ८ मा विजय हासिल हुँदा सत्ता गठबन्धनको लज्जास्पद हार भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले ५२८५ मत ल्याई काठमाडौं ८ मा विजयी हुँदा सत्ता गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ २०८९ मत ल्याउँदै चौंथो पोजिशनमा रहे ।
घण्टी चुनाव चिन्हलाई पछ्याएको लौरो चुनाव चिन्ह लिएका सुमन सायमीले ४२५३ मत ल्याई दोस्रो पोजिसनमा रहे भने नेकपा एमालेका शिवसुन्दर राज वैद्यले २११० मत ल्याउँदै तेस्रो स्थानमा रहे ।
