
काठमाडौं । पत्रकार सरोजराज अधिकारी काठमाडौंको सुन्धारास्थित सिद्धार्थ होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको बताएका छन् ।
पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि बुधबार उहाँकी श्रीमतीले प्रहरीमा निवदेन दिएको पाईएको छ । मोबाइल ट्र्याक गरेर खोज्दा अधिकारीलाई प्रहरीले होटलको कोठामा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो।


