
उज्जल बिबस
काठमाडौं । प्रतिनिधी सभा निर्वाचन २०७९ काठमाडौं क्षेत्र नं ७ को राप्रपाका उम्मेदवार हुन् मल्ल । राजनीतिमा बढ्दो व्यापारिकरण अन्त्यका लागी यसपटकको निर्वाचनमा मत परिवर्तन गरौं भन्ने उनको नारा छ ।
बालाजु कराँते प्रतिष्ठान नेपालको संस्थापक तथा प्रमुख प्रशिक्षक मल्लको उम्मेदवारी संगै धेरै खेलप्रेमीहरु उनको घरदैलो कार्यक्रम सरिक हुँदै आएका छन् ।
मल्लको घरदैलो कार्यक्रममा निकै उत्साह देखिएको छ, अभियानको क्रममा सबै शुभेच्छुकहरुले निरन्तर साथ दिएको प्रदेश अध्यक्ष अनिल राना बताउँछन् ।


