घोषणा पत्रः राप्रपाले जिते प्रदेश खारेज गर्ने

Avatar photo
Dhadingpost
कार्तिक १५, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषण पत्रमा प्रदेश खारेजको एजेण्डा राखेको छ, भने नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाएको छ ।

घोषणापत्रमा राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा मुख्य रुपमा अगाडि सारेको छ । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने जनाएको छ ।

यस्तै प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने पनि उसले बताएको छ । साथै सत्ता केन्द्रित राजनीति नगर्ने बताएको उसले भनेको छ, ‘आगामी दिनमा सत्ताभन्दा आफ्नो प्राथमिकताका मुद्दाहरु स्थापना गर्न केन्द्रित हुने घोषणा पत्रमा जनाएको छ ।