
काठमाडौं । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले घोषणा पत्र (प्रतिबद्धता पत्र) सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै पार्टीले घोषणा पत्र सार्वजनिक गरेको हो ।
माओवादीले संसदबाट निर्वाचित प्रधानमन्त्रीय व्यवस्थालाई परिवर्तन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थामा जान प्रस्ताव गरेको छ ।
