
धादिङ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङको दुई प्रतिनीधि सभा क्षेत्रमा उम्मेदवारी दिएको छ । चुनाव चिन्ह घण्टी रहेको यस पार्टीबाट धादिङ प्रतिनीधिसभा क्षेत्र नं. १ मा हिमेश पन्तले र प्रतिनीधिसभा क्षेत्र नं. २ मा बसुमाया तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
हिमेशले एमालेका भुमि त्रिपाठी र सत्ता गठबन्धनका राजेन्द्र पाण्डे र स्वतन्त्र उत्तम कडेल सँग प्रतिपर्धा गर्दै छन् । यस्तै बसुमायाले एमालेका खेम लोहनी, सत्ता गठबन्धनका रामनाथ अधिकारी र स्वतन्त्र रमेश धमला सँग् प्रतिस्पर्धा गर्ने छिन् ।










































