
धादिङ । माओवादीले संचालन गरेको दश वर्षे जनयुद्धको क्रममा आज भन्दा २२ वर्ष अघि आजैका दिन सहादत प्राप्त गर्ने सहिद गणेश तामाङ दोन्दु र राजु दाहाल सागरको स्मृति दिवस मनाईएको छ । खनियाबास गाउँपाकिाल वडा नम्बर ४ चौकी टोलमा भएको स्मृति दिवस कार्यक्रममा माओवादी केन्द्र खनियाबासका इन्चार्ज एवम् गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले सहिदको बलिदानीका कारण अहिलेको अवस्था आएको बताएका थिए ।
सहिद दोन्दुको स्मृतिमा बन्ने खेल मैदानको लागि आवश्यक बजेट आफ्नै पहलमा प्रदेश सांसद जगत सिंखडा मार्थत बागमती प्रदेशले विनियोजन गरेको र सहिदको जिवनीलाई स्थानीय पाठयक्रम गाउँपालिकाले समेट्ने तयारी गरेको समेत उप प्रमुख सेक्केमानले बताएका थिए । कार्यक्रममा सहिद परिवार जनलाई सम्मान गरिएको थियो ।
माओवादी केन्द्र खनियाबासका वरिस्ठ उपाध्यक्ष च्याबाराम तामाङ अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सांसद जगत ब सिम्खडा स्वकिय सचीव तथा गाउँ कमिटी सहसचिब परेम ब तामाङ (प्रेम), सहिद दोन्दुको आमा, पत्नी र दिदीलगायको आतिथ्यता रहेको थियो ।
पुर्व जनमुक्तिसेना नेपालका जितेन्द्र तामाङको स्मरणमा २२ वर्ष अघिको त्यो असार २२ गतेको तारुका चौकी आक्रमणको रात
वर्षायाम भएकोले सिम-सिम पानी परिरहेको थियो । रातको १०:२० फायर खोल्ने आदेश अनुसार १०:५ मा नै एसल्टको मुख्य सबै टोलि आर्कमा पुगेर पुलिसको बंकरमा निशाना लिनपुगे । पुलिसको सेन्ट्रीहरुले हाम्रो कुनै चाल पाएन । ठिक १०:२० मा १ नं. एसल्टले पहिलो फयरिङ खोल्यो र पहिलो टर्गेट्मा नै सेन्ट्री बसेको एक पुलिस ढल्न पुगे ।
रिजर्भ ग्रुपहरु २०-२५ मिटर टाढा नै रोकिएर बसेका थिए, फायर खुल्ने बितिक्कै एकैपटक होमिङका साथ अगाडि बढे । लडाइँको पहिलो पहलकदमी हाम्रो नियन्त्रणमा रह्यो र प्रहरी दाजुभाइलाई हाम्रो लडाइँ र दुश्मनी तिमीहरू संग होइन हतियार बुझाउ ज्यान बचाउको कासन धेरै पटक गरियो तर निरन्तर प्रतिकार गरे पछि ३ नं. मुख्य एसल्टलाई माइन चढाउने आदेश मुताबिक माइन चढाउन जाँदा राजु दाहाल (सागर) को प्रहरीको गोलि लागेर शहदत भयो ।
- तारुका चौकी आक्रमण, जहाँ धादिङका दोन्दु र सागर सहिद बने
- तात्कालिन इलाका इन्चार्ज बुद्धिलाल तामाङको द्वन्दु सँग अविस्मरणिय क्षण
सागरको सहदत पछि आक्रोशित भएर हाम्रो तर्फबाट भीषण आक्रमण भयो ठूलो बिल्डिङ हुँदा पुलिसलाई नियन्त्रण गर्न गह्रो भयो पुन ३ नम्बर ग्रुपले माइन चढार विस्फोट गराए पछि लगभग लडाइँ अन्तिम भयो ।
१० जना पुलिस दाजुभाइले संसारबाट बिदा लिए । १ घन्टा भित्र फाइनल गर्ने योजना भए पनि लडाइँ २ घन्टा चल्यो । आधा टोलि सर्च र आधा टोलिले वरिपरि घेरेर ब्लकिङ गरिरह्यो । सर्च कार्वाही हुँदै गर्दा कृषि बैंकको तलामा लुकेर बसेका एक पुलिसले ग्रिनेट प्रहर गर्यो र पुन: त्यही ग्रिनेट टिपेर पुलिस माथि प्रहर गर्न खोज्दा कमरेड गणेश तामाङ (दोन्दु ) गम्भीर घाइते हुनु भयो, उपचारको क्रममा उहाँको पनि सहदत भयो ।
