धादिङका १३ वटै पालिका प्रमुखद्वारा शपथ ग्रहण

Avatar photo
Dhadingpost
जेष्ठ ९, २०७९

धादिङ । धादिङका १३ वटै स्थानीय तहका प्रमुखहरुले आज एक कार्यक्रमका बीच शपथ ग्रहण गरेका छन् । उनीहरुलाई जिल्ला अदालत धादिङका न्यायाधीश रमेश प्रसाद ज्ञवली ज्ञवलालीले शपथ ग्रहण गराएका थिए ।

धादिङका पालिका अध्यक्षहरु नीलकण्ठ नगरपालिका मेयर भीमप्रसाद ढुंगाना, धुनीबेसी नगरपालिका मेयर बालकृष्ण आचार्य, थाक्रे गाउँपालिका अध्यक्ष रामकुमार आचार्य, गल्छी गाउँपालिका, अध्यक्ष केदारनाथ खतिवडा, गजुरी गाउँपालिका
अध्यक्ष गणेशलाल श्रेष्ठ, बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया, सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, ज्वालामुखी गाउँपालिका अध्यक्ष यामनाथ दनै, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेती, नेत्रावती डबजोङ गाउँपालिका, अध्यक्ष मेघनाथ रिजाल, गङ्गाजमुना गाउँपालिका अध्यक्ष भक्तबहादुर लामा, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, रुबीभ्याली गाउँपालिका, अध्यक्ष रामसिंह तामाङले शपथ ग्रहण गरेका थिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाली कांग्रेसका सभापति रामनाथ अधिकारी, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, कार्यालय प्रमुखहरुको सहभागिता रहेको थियो ।