धादिङमा जेष्ठ उमेरका उम्मेदवारहरु पराजित

Avatar photo
शुसिला रिजाल
शुक्रबार, जेष्ठ ६, २०७९

धादिङ । धादिङका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएका जेष्ठ उमेरका उम्मेदवारहरु पराजित भएका छन् ।
धादिङमा सबै भन्दा धेरै उमेर भएका ७७ वर्षिय ढुडे तामाङ एमालेबाट खनियाबास ३ को अध्यक्षमा उम्मेदवार थिए । तर उनलाई राप्रपाका ४३ वर्षिय कमान सिंह तामाङले पराजित गरे । राप्रपाका सिंहले ५५८ ल्याउँदा उनले ५१६ मतमा सिमित हुँदा पराजित बन्न पुगे ।

अर्को ७७ वर्षिय स्वतन्त्र उम्मेदवार टिकाबहादुर भण्डारीले नीलकण्ठ नगरपालिकाको मेयर पदमा कांग्रेसका भिम ढुङ्गाना सँग १४,३८९ मतको अन्तरले पराजित भए । ढुङ्गानाले १४,५७५ मत लाई विजयी हुँदा भण्डारीले मात्र १८६ मत ल्याएका थिए । यस्तै राप्रपाबाट थाक्रे गाउँपालिका २ को वडामा उम्मेदवारी दिएका ७६ वर्षिय बहादुर तामाङ पनि माओवादी केन्द्रका टिकाराम तामाङ सँग १,३१८ मतको अन्तरमा पराजित भए । टिकाराम तामाङले १,३२३ मत ल्याई विजयी हुँदा उनले मात्रै ५ मत ल्याएका थिए । गजुरी ८ मा दलित महिला सदस्यमा उम्मेदवार बनेकी ७६ वर्षिय पम्फे नेपाली पनि पराजित बनिन् । ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षका लागि राप्रपाबाट उम्मेदवार बनेका ७३ वर्षिय तार्केल तामाङ्ग पनि पराजित बने उनले १ भोट मात्रै पाए ।

गल्छी २ को सदस्यमा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी ७० वर्षिय तिलमायाँ नेपाली पनि पराजित भईन् । राप्रपाबाट थाक्रे ४ को वडा अध्यक्षमा उम्मेदवारी दिएका ७१ वर्षिय गोपाल तामाङ पनि पराजित भए । अर्का ७१ वर्षिय नन्द लाल श्रेष्‍ठ माओवादी केन्द्रबाट ज्वालामुखी ३ को वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए तर उनीले जम्मा ४ मत ल्याए ।