थाक्रे अपडेटः अध्यक्षमा एमाले जित नजिक, उपाध्यक्षमा माओवादी अगाडी

Avatar photo
Dhadingpost
जेष्ठ ६, २०७९

धादिङ । धादिङको १३ वटा स्थानीय तह मध्य १२ वटाको मत परिणम सार्व जनिक भै सकेको छ भने थांक्रेको मत गणना जारी छ । थांक्रेको १० वटा वडाको मत गनि अध्यक्षका उम्मेदवार जित निजिक रहेका छन् भने उपाध्यक्षमा माओवादी र एमाले बीच कडा प्रतिपर्धा देखिएको छ ।

अध्यक्षका उम्मेदवार १० वटा वडाको मत गनि सक्दा एमालेबाट अध्यक्षमा उठेका राम कुमार आचार्यको ९५८१ मत आई सकेको छ भने गठबन्धनबाट काग्रेसका उम्मेदवार राम प्रसाद बिडारीको ७३१८ मत आएको छ । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका यन्‍त्र बहादुर थापा अगाडी छन् । थापाको ८५७९ मत छ भने एमाले उम्मेदवार अम्बिका रुपाखेतीर पौडेल को ८४९८ मत छ ।

वडा तर्फ १ मा एमालेका श्याम सुन्दर थापा, २ मा माओवादीका टिकाराम तामाङ, ३ मा विजय तामाङ्ग, ४ मा आसा राम तामाङ, ५ मा एमालेका सन्‍त बहादुर तामाङ, ६ मा माओवादीका हिरा बहादुर थापा, ७ मा एमालेका युवराज खतिवडा, ८ मा एकीकृत समाजवादीका प्रेम कुमार थापा, ९ मा श्याम चन्द्र आचार्य, १० मा एमालेका गोकुल प्रसाद लामिछाने विजयी भै सकेका छन् भने ११ को नतिजा आउन बाँकी छ ।