त्रिपुरासुन्दरी गाउँपालिकामा मतगणना सुरु नभएको विरोधमा नारावाजी

Avatar photo
Dhadingpost
बैशाख ३१, २०७९

सन्जु श्रेष्ठ,
धादिङ ।
त्रिपुरासुन्दरीको मतगणना सुरु गर्न स्थानीयले नारावाजी गरेका छन् । शुक्रबार साँझ सबै मतदान स्थलबाट मतपेटीकाहरु संकलन भईसक्दा पनि मत गणना सुरु नगरे पछि तत्काल मतगणनाको माग गर्दै स्थानीय मतदाताहरुले नारावाजी गरेका हुन् ।

स्थानीय दलहरु बी मतगणना आचार संहिताको विषयमा कुरा नमिल्दा मतगणना ढिला हुन गएको बताईएको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा १३७७५ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

कुल मतदाता संख्या २०२२६ मतदाता संख्या रहेको त्रिपुरासुन्दरीमा १३७७५ मत खसेको हो । जसमा रानीपौवामा २४८६ मत, बेल गाउँमा २७१६ मत, महेन्द्रमावि मुलपानीमा १६३४ मत, कार्की गाउँ मावि सल्यानकोटमा १७११ मत, त्रिपुरासुन्दरी मावि मा १४७३ मत, सुन्दरी मावि आगिञ्चोकमा १००८ मत, भिमोदय मावि गोलाङमा ८३५ मत र अचने मावि खहरेका १९१२ मत खसेको छ ।

त्रिपुरासुन्दरीको अध्यक्षमा गठबन्धनको तर्फबाट कांग्रेसका राजु उप्रती र उपाध्यक्षमा माओवादीका देवराज धरेल र एमालेबाट अध्यक्षमा उमेश थापा र उपाध्यक्षमा संगिता कुमाल बीच प्रतिस्पर्धा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।

x