बुद्धिमान तामाङको गाउँ मै राप्रपाको बागी उम्मेदवार

Avatar photo
Dhadingpost
बैशाख २२, २०७९

धादिङ । पूर्व गृहमन्त्री एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको गाउँ रुबीभ्याली ४ बोरोङमा बागी उम्मेदवार पर्दा राप्रपा अफ्ठ्यारो स्थिततिमा रहेको बताईएको छ ।

बद्धिमान तामाङको जन्मथलो रुबीभ्याली ४ बोराङमा राप्रपाले प्रशान्त तामाङलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ भने राप्रपा कै यमान तामाङ स्वतन्त्र वडा अध्यक्षको उम्मेदवार बनेका छन् । उनको चुनाव चिन्ह खरायो रहेको छ ।

बुद्धिमान तामाङले आफ्नै जन्मभुमी बोराङमा राप्रपाको विवाद मिलाउन नसक्दा राप्रपाबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार गोम्बो घलेलाई समेत चुनावी असर पर्न सक्ने आँकलन गरिएको छ ।

बोराङका स्थानीयहरुले स्वतन्त्र रुपमा मतदान गर्न पाउँछन् कि पाउँदैनन् भन्ने त्रास छ । १ हजार ८ जना मतदाता रहेको यस वडामा जम्मा खस्ने मत भनेको ७ सयको हाराहारीमा मात्रै हो । यदि स्थानीयहरुले स्वतन्त्र रुपमा मतदान पाउने वातावरण बन्यो भने चुनावी हामी जित्छौं, गठबन्धनबाट साझा उम्मेदवार माओवादी केन्द्रका विपिन तामाङ बताउँछन् । एमालेले यस वडाको अध्यक्ष पदका लागि सूर्य तामाङलाई उठाएको छ ।