
धादिङ । भाद्र शुक्ल अष्टमी अर्थात् राधाष्टमीको पावन अवसरको पूर्वसन्ध्यामा धादिङको सल्यानटारस्थित नरसिंह धामद्वारा सञ्चालित गुरुकुलका वटुक (विद्यार्थी)हरूको सम्पूर्ण भोजन व्यवस्थापनका लागि आर्थिक सहयोग गरिएको छ ।
साउदी अरबमा पेसाले सेफका रूपमा कार्यरत सरोज थापाले गुरुकुलका वटुकहरूको भोजन व्यवस्थापनका लागि २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।
धार्मिक तथा सामाजिक सेवाभावसहित थापाले गरेको सहयोगबाट गुरुकुलमा अध्ययनरत विद्यार्थीहरूको भोजन व्यवस्थापनमा सहयोग पुग्ने बताइएको छ ।
थापा यसअघि पनि उनले बाढीपीडितका लागि १ लाख ७५ हजार रुपैयाँ सहयोग गर्नुका साथै बाढीपछि थुप्रिएको लेदो पन्छाउन १०० थान साबेलसमेत सहयोग गरेका थिए ।
विदेशमा रहेर पनि आफ्नो गाउँठाउँ तथा समुदायका विभिन्न सामाजिक र मानवीय कार्यमा सहयोग गर्दै आएका थापाको यस सहयोगले सामाजिक सेवाप्रतिको जिम्मेवारी र आत्मीयता देखाएको स्थानीयको भनाइ छ ।
