
धादिङ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को सातौं राष्ट्रिय महाधिवेशनबाट धादिङका काशीनाथ कोईराला केन्द्रिय सदस्यमा र माधव सिलवाल बागमती प्रदेश सचिवमा चयन भएका छन् ।
देशभरबाट ‘१ हजार ५ सय प्रतिनिधि सहभागि नेपालगञ्जमा भएको उक्त नेसनल प्याब्सनको महाधिवेशनले सिराहका पाण्डव हमालको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रिय समिति गठन गरेको छ ।
आइतबार एक विशेष समारोहका बीच नेसनल प्याब्सन को सातौं राष्ट्रिय महाधिवेशन सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले उद्घाटन गरेका थिए ।
