गणित शिक्षा परिषद धादिङको अध्यक्षमा प्रयास रेग्मी निर्वाचित

Avatar photo
Dhadingpost
फाल्गुन २८, २०७८

धादिङ । गणित शिक्षा परिषद धादिङको चौंथो जिल्ला अधिवेशनबाट प्रयास रेग्मी जिल्ला अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनबाट उपाध्यक्षमा चेतनारायण श्रेष्ठ, सचिवमा पुन: उत्तम भट्ट र कोषाध्यक्षमा देवकुमारी दनै, सदस्यहरुमा नवराज नेपाल, कृष्ण नारायण श्रेष्ठ, सुजन भण्डारी, केवी राउत, रमेश गुरुङ, सुनिता सिलवाल (रेग्मी) सर्वसम्मत निर्वाचित भएका छन् ।

बद्री प्रसाद कोईरालाको अध्यक्षता र उत्तम भट्टको संचालनमा भएको अधिवेशन तथा साधरणसभामा गणित शिक्षा परिषद केन्द्रिय सदस्य ध्रुव अधिकारीको प्रमुख आतिथ्यता, बागमती प्रदेशका सदस्य हरि प्रसाद सिलवाल, पाठ्यपुस्तक लेखक मदनकुमार श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि अधिकारीले गणित विषयका शिक्षकहरुलाई नयाँ नीतिले थप चुनौती थपिएको बताएका थिए । यस्तै प्रदेश सदस्य सिलवालले हरेक गणित शिक्षकहरु आईटीमा अब्बल हुनै पर्ने बताउँदै यस तर्फ गणित शिक्षा परिषद धादिङले तालिम चलाउनु पर्ने बताएका थिए । पाठ्यपुस्तक लेखक मदनकुमार श्रेष्ठले गणित शिक्षा परिषदले नीतिगत विषयमा पनि वहस चलाउनु पर्ने र अहिलेकै अवस्थाको पाठ्यक्रम र अहिले कै शिक्षण विधिले गणितलाई थप व्यवहारिक बनाउन नसक्ने दावी गरेका थिए ।