पात्लेमा जारी फुटबलको आज क्वाटर फाईनलका ४ खेल हुने

Avatar photo
Dhadingpost
माघ १३, २०७८

धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिताको आज छैटौं दिन क्वाटर फाईनलका अन्तिम ४ खेलहरु हुनेछन् ।

कोरोना भाईरसको जोखिम न्यूनिकरणका लागि भन्दै दर्शक विहिन प्रतियोगिता संचालन गरिएको आयोजक विद्यार्थी उपकार संघ पात्लेले जनाएको छ । दर्शकहरुलाई प्रत्यक्ष खेल हेर्न नदिईने आयोजकले जनाएको छ । दर्शक महानुभावमा पर्न गएको असुविधाको लागि आयोजक संस्थाका उपाध्यक्ष सुरेश तामाङले माफी समेत मागेका छन् ।
आज हुने क्वाटर फाईनलका अन्तिम ४ खेलहरु
पहिलो खेल बिहान ८ बजे: धादिङ फुटबल क्लव बी धादिङबेसी vs तारकेश्वर दाङसिंङ नुवाकोट
दोस्रो खेल बिहान १० बजे: धादिङ फुटबल क्लव ए धादिङबेसी vs सुर्योदय फुटबल
तेस्रो खेल दिउँसो १ बजे: म्याङ्गाङ युवा समाज vs छोईलिङ युवा क्लव
चौथो खेल दिनको ३ बजे: सेमजुङ ए vs एसबीए पात्ले

जिल्लाको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिएका छन् । माघ १५ गते सम्म हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको आयोजकले जनाएको छ । फोटो फाईल

पाँचौं दिनको खेल अपडेट
चौंथो दिनको खेल अपडेट
तेस्रो दिनको खेल नतिजा
दोस्रो दिनको खेल नतिजा
पहिलो दिनको खेल नतिजा