धादिङ । धादिङको नीलकण्ठ १४ पात्लेमा जिल्ला कैं सर्वाधिक पुरस्कार राशी रहेको आठौं मानबहादुर मेमोरिएल कप फुटबल प्रतियोगिताको आज पाँचौं दिन ४ खेलहरु सम्पन्न भएका छन् ।
कोरोना भाईरसको जोखिम न्यूनिकरणका लागि भन्दै आजबाट दर्शक विहिन प्रतियोगिता संचालन गरिएको आयोजक विद्यार्थी उपकार संघ पात्लेले जनाएको छ । दर्शकहरुलाई प्रत्यक्ष खेल हेर्न नदिईने आयोजकले जनाएको छ । दर्शक महानुभावमा पर्न गएको असुविधाको लागि आयोजक संस्थाका उपाध्यक्ष सुरेश तामाङले माफी समेत मागेका छन् ।
आज भएका खेलहरुको नतिजा
पहिलो खेल: सुर्योदय फुटबल क्लव ५ गाेल र अन्नपूर्ण ए ४ गाेल (पेनाल्टी)
दोस्रो खेल: सेमजोङ B १ गाेल र म्याङ्गाङ युवा समाज ४ गाेल
तेस्रो खेल: नुवाकोट युनाईटेड १२ गाेल छोईलिङ युवा क्लव १३ गाेल पेनाल्टी
चौथो खेल: जनाअवज माने १ गाेल र सेम्जुङ A ३ गाेल
जिल्ला सर्वाधिक राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिएका छन् । माघ १५ गते सम्म हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको आयोजकले जनाएको छ ।
चौंथो दिनको खेल अपडेट
तेस्रो दिनको खेल नतिजा
दोस्रो दिनको खेल नतिजा
पहिलो दिनको खेल नतिजा