पात्लेमा जारी फुटबलको दोस्रो दिन ५ खेल सम्पन्न (खेल अपडेट)

Avatar photo
Dhadingpost
आइतवार, माघ ९, २०७८

धादिङ । धादिङ जिल्लाको सर्वाधिक पुरस्कार राशी रहेको धुवाँकोट पात्लेमा जारी आठौं मानबहादुर कप खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिता अन्तरगत आज ५ खेलहरु सम्पन्न भएका छन् ।

विद्यार्थी उपकार संघ पात्लेले आयोजना गरेको यस प्रतियोगिताको आज भएकाे दोस्रो दिनकाे पहिलाे खेलमा अन्नपूर्ण B काे ४ गाेलका बिरुद्ध ५ गाेल गर्दै बिदुर विजयी भयाे । आज भएकाे देश्राे खेलमा निर्धारित समयमा बराबरी खेलेका धादिङ फुटबल क्लव B धादिङबेसी र लगनशिल युवा क्लव ज्वालामुखी बीचकाे खेल अन्तत: पेनाल्टी सुटआउटमा लगनशीलकाे ७ गाेलका विरुद्ध ८ गाेल गर्दै धादिङ फुटबल क्लव (डीएफसी) B विजयी भयाे ।

यस्तै आज भएकाे तेस्रो खेलमा तार्केश्वर दाङसिङ युवा क्लव नुवाकाेटले जागरण समाज ए सिम्लेलाई ० मा राेकेर ३ गाेल गर्दै विजयी बन्याे, यस्तै आजकाे चाैथाे खेल भञ्झ्याङ युवा क्लव र कुपा युवा क्लव बीच भएकाे थियाे । यस खेलमा भञ्झ्याङकाे २ गाेलकाे विरुद्ध कुपाले ३ गाेल गर्दै विजयी बन्याे । आजकाे अन्तिम खेल म्हेन्दाेफाेले काउले र भँगेरी युवा क्लवकाे खेल निर्धारित समयमा १-१ गाेल भएपछि पेनाल्टी सुटआउटमा पुगेकाे यस खेलमा भँगेरीलाई हराउँदै काउले विजयी भएकाे थियाे ।

यस प्रतियाेगिताकाे पहिलो दिन अर्थात हिजो धादिङबेसी स्थित धादिङ फुटबल क्लव (डीएफसी) क्लव A ले लर्क्याप युनाईटेडलाई ० मा रोकेर ८ गोल गर्दै विजय सुरुवात गरेको थियो भने दोश्रो खेलमा नेत्रावती डब्जोङ सेल्लेको छोईलिङ युवा क्लबले कल्लावारी युवा क्लबको २ गोलका विरुद्ध ५ गोल गर्दै विजय सुरुवात गरेको थियो ।

जिल्लाको सर्वाधिक राशीको यस प्रतियोगितमा २९ टिमले भाग लिनेछन् । माघ १५ गते सम्म हुने यस प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २५ हजार, द्वितिय पुरस्कार ६० हजार र सेमिफाईनल पुग्ने टिमलाई २०–२० हजार रहेको आयाेजक विद्यार्थी उपकार संघ पात्लेका उपाध्यक्ष सुरेश तामाङले धादिङपाेष्टलाई बताए । फाईलफाेटाे