देश बैच्न पाईदैन भन्दै, बेनीघाटमा प्रदर्शन

Avatar photo
Dhadingpost
भदौ २७, २०७८

धादिङ भदौ २७ । धादिङको बेनीघाट रोराङ गाउँपालिका स्थित बेनीघाट बजारमा स्थानीय युवाहरुले ५५ अरवमा देश बेच्न पाईदैन एमसीसी खारेज गरौ भन्दै विरोध प्रदर्शन गरेका छन् ।

‘वी हेट एमसीसी, रिजेक्ट एमसीसी, गेट आउट एमसीसी, गो ब्‍याक एमसीसी’ लगायतका नारा लगाउँदै बेनीघाट स्थानीयको सहभागितामा बेनीघाट बजारमा राष्ट्रघाती एमसीसी खारेज गरौं, ५५ अरबमा देशबेच्न पाईदैन एमसीसी चाहिदैन लेखिएको ब्यानर बोकेर राष्ट्रभक्त नेपालीले प्रदर्शन गरेको दिपेश कडेलले जानकारी दिए ।