
धादिङ साउन १० । माओवादी केन्द्र धादिङका इन्चार्ज एवम् प्रदेश सांसद शालिकराम जमकट्टेलले पार्टी कार्यालय भवन निमार्णको लागि व्यक्तिगत १ लाख सहयोग गरेका छन् ।
केहि महिना पहिला जिल्ला कमिटीले पार्टी कार्यालय भवन निमार्ण गर्ने निर्णय गरे सँगै धादिङबेसी स्थित रायटारमा जग्गाखरी प्रक्रिया सुरुभए सँगै जमकट्टेलले आईतबार पार्टी कार्यालय भवन बनाउन व्यक्तिग १ लाख सहयोग गरेका हुन् ।
यस अघि जिल्ला सचिवालय सदस्य दिपक विश्वकर्माले पनि आफ्नो जन्म दिनको उपलक्ष्य पारि पार्टी कार्यालय भवन निमार्णका लागि १ लाख ५ हजार दिने घोषणा गरेका थिए ।

