
धादिङ असार १४ । माओवादी केन्द्र धादिङको पार्टी कार्यालय भवन निमार्णको लागि दिपक विश्वकर्माले १ लाख ५ हजार दिने घोषणा गर्नुभएको छ ।
माओवादी केन्द्र धादिङका सचिवालय सदस्य समेत रहेका विश्वकर्माले आज पर्न गएको जन्म दिनको अवसरमा पार्टी कार्यालय भवन निमार्णको लागि उक्त रकम दिने घोषणा गर्नुभएको हो ।
पार्टीको वैठकमा आफुले नै पार्टी कार्यालय बनाउन प्रस्ताव गरेको र वैठकले उक्त प्रस्तावलाई स्वीकृत गरि पार्टी कार्यालय भवन निमार्णको लागि जग्गा समेत खरिद गरि सकेको अवस्थामा अब भवन निमार्णको लागि आफुले व्यक्तिगत १ लाख ५ हजार दिने बताउनु भयो ।
सहयोग रकम घोषणा गर्दै विश्वकर्माले आफ्नो फेसबुकमा लेखेका छन्- चेतनाको विकास उमेरको परिपक्वता संगै सामाजिक परिवर्तन, पूर्ण लोकतान्त्रिक व्यवस्था प्राप्तिका समर्पित जीबनको सम्पूर्ण सपना र समय आगामी दिन पनि सबै खाले विभेद रहित सामाजिक न्यायपूर्ण समाज स्थापनामा लाग्नेछु ।
परिवर्तनको महत्वपूर्ण उपलब्धि हासिल गर्न उच्च त्याग, तपस्या र बलिदान गर्ने पार्टी कमजोर हुँदै जादा यस्को एजेन्डाहरु पनि कमजोर हुन थालेको महसुस गर्दै, नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र ) को छैटौं पुर्ण बैठक अघि जिल्ला पार्टी कार्यालय टिमको वैठकमा, जिल्लामा पार्टी कार्यालय भवन बनाउने एजेन्डा आफुले राखेको प्रस्तावलाई सम्पूर्ण जिल्ला नेतृत्व टिमले वस्तुगत आवश्यक र सहि प्रस्ताव महसुस गरि २०७७ चैत ११को जिल्ला पार्टीको छैटौं पुर्ण बैठकले आ व ०७८/०७९ भित्र पार्टी कार्यलय भबन बनाउने निर्णय एकमतले उत्साहजनक ढंगले पास गर्यो । कोभिड महामारीका कारण स्थगित यो अभियानमा अव सशक्त उत्साहित ढंगले लैजाने तयारी स्वरुप पार्टी कार्यालय भवन निर्माणका लागि मेरो तर्फबाट एक लाख पाँच हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै यस महत्वपूर्ण अभियानलाई जिल्लाका सम्पूर्ण कार्यकर्ता टिम, सुभेच्छुक, समर्थक जनसमुदाय लगायत व्यावसायिक वर्गमा सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।