सिङ्गला माविलाई कोरियाबाट चोकबहादुर तामाङको सहयोग

Avatar photo
उपेन्द्र जम्कट्टेल
जेष्ठ ३१, २०७८

धादिङ जेष्ठ ३१ । अज्ञात समुहले आगजनी गरी क्षेति भएको उत्तरी धादिङ खनियाबास १ मा रहेको श्री शिङगला देवि मा बि लाई पुर्व शिक्षक हाल दक्षिण कोरियामा रहनु भएका चोक बहादुर तामाङले सहयोग गरेका छन् ।

तामाङले उक्त विद्यालयलाई ७० हजार बराबरको सामाग्रहरु स्टिल दराज, टेबल, कुर्सी र स्टेशनरी सामान सहयोग गरेका हुन् ।

उक्त सामान विद्यालय सम्म पुर्याउनका लागि सोनाम तामाङले गाडी भाडा दिएका थिए । सामानहरु अध्यक्ष बुद्धि तामाङ र विद्यालयका प्रधानाध्याक बिमल लामा लोप्चनलाई हस्तान्तरण गरिएको छ ।

बैशाख १९ गते आज्ञात समुहद्वारा आगलजानी गरेर ३५ लाख बराबरको शैक्षिक, समाग्री ४ कोठे भवन र भौतिक समाग्रीहरुको क्षति भएको थियो ।