खनियाबासको शिङगलादेवी माविमा आगजनी लाखौंको क्षेति

Avatar photo
उपेन्द्र जम्कट्टेल
सोमवार, बैशाख २०, २०७८

धादिङ बैशाख २० । उत्तरी धादिङको खनियाबा गाउँ पालिकामा रहेको श्री शिङगला देवी माध्यामिक विद्यालयमा आईतबार राती अज्ञात समुहले आगजनी गरेको छ ।

आगलागीबाट दुई कोठे आफिस कोठा र दुई कोठे पुस्तकालय क्षेति पुगेको छ । पेट्रोल छर्किएर गरिएको उक्त आगलागीबाट पुस्तकालय भवन र पुस्तकालय भित्र रहेको हजारौं पुस्तकहरु र आफिस कोठा भित्र रहेको दुइटा दराज टेबल कुर्सी महात्वपूर्ण कागजातहरु ५ थान कम्प्युटर र एक थान वाइफाइ राउटर क्षति भएको बताईएको छ ।

हुन त यस्तो घटना खनियाबासमा नयाँ भने होइन, ५ महिना आगाडी मात्रै स्वास्थ्य कार्मी फिलिप तामाङको मेडिकल समेत जलाइएको थियो । डुन्डुरे अस्थाई प्रहरी पोस्टबाट थप अनुसन्धान र मुजुल्काका उठाउन प्रहरी घटना स्थल पुगि सकेको छ ।

आगलागीबाट लगभग शैक्षिक समाग्री भौतिक समाग्री बिद्यालय भवन गरेर ३० देखि ३५ लाख बराबरको क्षती भएको बिधालयका प्राधानाध्यापक बिमल लामा लोप्चनले धादिङ धादिङपोष्टलाई बताए ।