नीलकण्ठ नगरपालिकाले अक्सिजन प्लान्ट उद्घाटन गर्दै, उत्पादन आजबाटै

Avatar photo
Dhadingpost
जेष्ठ २०, २०७८

धादिङ जेष्ठ २० । धादिङबेसी स्थित अस्थायी कोभिड अस्पतालमा नीलकण्ठ नगरपालिकाले २ वटा मिनि अक्सिजन प्लान्ट जडान कार्य सम्पन्न गरे सँगै आजबाट उत्पादन सुरु गरेको छ । आज ३ बजे उक्त प्लान्टको उद्घाटन गरिने बताइएको छ ।

उक्त दुईवटा मिनि अक्सिन प्लान्टले प्रतिमिनेट ४० लिटर अक्सिजन उत्पादन गर्ने नीलकण्ठ नगरपालिकाका जनस्वास्थ्य निरिक्षक शिव रानाले जानकारी दिनु भयो ।

बैशाख ३० गते नगरप्रमुख भिमप्रसाद ढुङ्गानाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धादिङको बैठकमा अक्सिजन प्लान्ट बनाउन प्रस्ताव राख्दै नगरपालिकाले अक्सिजन प्लान्ट बनाउने बताउनु भएको थियो