नीलकण्ठ नगरपालिकाले मिनी अक्सिजन प्लान्ट बनाउने

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख ३१, २०७८

धादिङ बैशाख ३१ । धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले नीलकण्ठ नगरपालिका मिनी अक्सिजन प्लान्ट बनाउने तयारीमा रहेको बताउनु भएको छ ।

महामारिको रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा उपचारका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बिहिबार सम्पन्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र धादिङको बैठकमा नगर प्रमुख ढुङ्गानाले मिनी अक्सिजन प्लान्ट बनाउ नीलकण्ठ नगरपालिका तयार रहेको बताउनु भएको हो ।

धादिङमा अक्सिजन प्लान्ट नहुँदा विरामीहरुको अकालमा मृत्यु हुन नपरोस भन्नका लागि १७–१८ लाख खर्च हुने उक्त मिनी अक्सिजन प्लान्ट बनाउने तयारी गरिएको हो । यसका लागि कम्पनी सँग छलफल गरि सकेको छु । एक सातामा मेशिन जडान गर्न सकिन्छ त्यो भन्दा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, स्वास्थ्य विभाग लगायतले प्राविधिक समस्या टुङ्ग्याई दिनु पर्ने ढुङ्गाना बताउनु हुन्छ ।

बिहिबारको बैठकमा धादिङका स्थानीय तहका प्रमुखहरुले सबैको सहकार्यमा तत्काल ३ देखि ५ ओटासम्म अक्सिजन उत्पादन गर्नेमिनी प्लान्ट स्थापना गर्ने, प्रतिवद्धता जनाएपनि प्रमुख जिल्ला अधिकारीले मिनि अक्सिजन प्लान्ट बनाउने कुरा माइन्युटमा लिपीवद्ध गरि दिएनन् ।

बैठकमा कोरोना रोकथाम र उपचारका लागि नगर प्रमुख ढुङगानाले महत्वपूर्ण कार्य विभाजनको प्रस्ताव समेत गर्नुभएको थियो ।

यस्तो थियो नगर प्रमुख ढुङ्गानाद्वारा प्रस्तावित कार्यविभाजन

सामाजिक विकास राज्य मन्त्री डा. रामकुमार अधिकारी

  • अक्सिजन अभाव हुन नदिन तत्काल व्यवस्था मिलाउने
  • मेडिकल अधिकृत सहितको स्वास्थ्यकर्मी तत्काल थप गर्ने
  • धादिङ अस्पताल र स्थानीय तहलाई बजेट व्यवस्था गर्ने

जिल्ला समन्वय प्रमुख र प्रमुख जिल्ला अधिकारी

  • स्थानीय तहसंग तत्काल समन्वय बढाउने, छलफल गर्ने र योजना बनाउने
  • स्वास्थ्य कार्यालय, धादिङ अस्पताल र स्थानीय तहका स्वास्थ्य प्रमुखसंग नियमित सम्पर्कमा रहने, समन्वय गर्ने
  • संघ र प्रदेश सरकारबाट आर्थिक, भौतिक श्रोत जुटाउने

स्थानीय तह

  • जनचेतना अभिवृद्धिका कामलाई तिब्र पार्ने÷गाउँगाउँ, बस्तिबस्तिमा माइकिङ गर्ने, सञ्चार माध्यम मार्फत पनि सन्देस प्रवाह गर्र्ने
  • आफ्ना स्वास्थ्य संस्था र आइसोलेसन सेन्टर मजवुत बनाउने
  • विषय शिर्षक परिवर्तन गरेर भएपनि कोभिड रोकथाम गर्न पर्याप्त बजेट बनाउने र कार्यान्वयन गर्ने

सबैको सहकार्यमा तत्काल ३ देखि ५ ओटासम्म अक्सिजन उत्पादन गर्ने मिनी प्लान्ट स्थापना गर्ने । यसको लागि एउटा प्लान्टमा १७–१८ लाख खर्च आउँछ, ७ दिनमा जडान गर्न सकिन्छ । यस विषयमा गहन छलफल भयो, सबै सहमत पनि भए । देखाईएको तस्वीर साङ्केतिक हो ।