
धादिङ बैशाख १५ । जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख भुवन पोडेललाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
आफु संक्रमित भएको सामाजिक संजाल मार्फत जानकारी दिँदै प्रमुख पौडेलले कोरोना सङ्क्रमणको दोस्रो लहरसङ्ग कार्य गर्ने सिलसिलामा सङ्क्रमित हुन पुगियो । मैले पुर्ण सावधानि अपनाएको भएपनि यो समयमा म सङ्ग सम्पर्कमा आउनुभयकालाई सतर्कता अपनाउन अनुरोध गर्दछु । आशा छ यो कोरोनालाई परास्त गरि समयमै नियमीत काममा फर्कने बताएका छन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन्, म सङ्गै सिङ्गो स्वास्थ्य कार्यालय धादिङका अधिकाँश साथिहरु सङ्क्रमित हुनुभएको छ । परिक्षण गरिएका सबैको पोजेटिभ आउनुले भाइरसको सङ्कमण क्षमता अतिनै उच्च भयको अनुमान गर्न सकिन्छ । उहाँहरु सबैको स्वास्थ्य लाभको समेत कामना गर्दछु । यो बीचमा स्वास्थ्य कार्यालयबाट जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा हाम्रो भुमिकालाई सक्दो कायम राख्न प्रयासरत रहनेछौ ।
धादिङमा पनि कोरोना संक्रमणको फैलावट निकै गतिमा अगाडी बढेको देखिन्छ सरकारले विद्यालयहरु बन्द, भिभाड नगर्न नगराउन आव्हान गरि सकेको अवस्थामा धादिङका सिडियो भने सरकारको विद्यालय र परिक्षा बन्द गराउने निर्णय आफुलाई जनाकारी नभएको बताउँदै आएका छन् भने विद्यालयहरुले परिक्षा धमाधम सुरु गरेका छन् ।

