बागमती प्रदेशको नेतृत्व गर्दै, अन्तर प्रदेश खेल्न धादिङका खेलाडी नेपालगंज प्रस्थान

Avatar photo
Dhadingpost
फाल्गुन २९, २०७७

धादिङ फागुन २९ । बागमती प्रदेशको अन्तर जिल्ला स्तिरीय एन्फा लिग प्रतियोगितामा काठमाडौंलाई हराउँदै विजेता बनेको धादिङ समाज धादिङका खेलाडीहरु अन्तर प्रदेश स्तरीय एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिता खेल्न नेपालगंज प्रस्थान गरेका छन् ।

बागमती प्रदेशको नेतृत्व गर्दै नेपालगंज प्रस्थान गरेका धादिङ समाज धादिङका खेलाडीहरुलाई जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडा, उपाध्यक्ष मनराज गोदार, जाउलाखेल क्लवका अध्यक्ष महेन्द्र केसी, राष्ट्रिय प्रशिक्षक मेगराज केसी, धादिङ समाज धादिङका पदाधिकारीहरुले जितको शुभकामना सहित विदाई गर्नुभएको थियो ।

नेपालगंजमा चैत्र २ गते देखि १५ गते सम्म हुने एन्फा प्रेसिडेन्ट लिग प्रतियोगितामा धादिङले ६ खेल खेल्ने छ ।

लिग सिंगल राउण्ड रोविनका आधारमा हुने यस लिगमा चैत्र ३ गते पहिलो खेल धादिङले लेकाली युवा क्लव जुम्ला सँग खेल्ने छ, भने दोस्रो खेल चैत्र ५ गते त्रिवेणी युवा क्लव लम्जुङ सँग खेल्ने छ । यस्तै धादिङले तेस्रो खेल चैत्र ७ गते मनकामना युवा क्लव रौतहट सँग, चैत्र ९ गते स्टार सिटी क्लव कैलाली सँग, चैत्र ११ गते धम्बोझी स्पोर्ट क्लव बाँके सँग र अन्तिम खेल चैत्र १३ गते सैनिक फुटबल क्लव झापा सँग खेल्ने छ ।

कोचः दिपकराना र गोपी कृष्ण भण्डारी
टिम म्यानेजरः सरोज पाण्डे र सन्तोष थापा

आज नेपालगंज प्रस्थान गरेका खेलाडीहरु
पूर्ण चेक्जोङ
मिन धिमाल
अशोक खवास
मिक्चेन तामाङ
रुपेश राई
एकराज बुढाथोकी
अमिर श्रेष्ठ
बिजय भुजेल
आशिष राई
सुमन डंगोल
भिवेक गुरुङ
विमल तामाङ
रवि भण्डारी
आशिष श्रेष्ठ
अनिल तामाङ
सुमन श्रेष्ठ
राजेश भण्डारी